

राष्ट्र बैंकले शुक्रबार अत्यन्त जरुरी सूचना जारी गर्दै सम्भावित सुरक्षा जोखिमलाई ध्यानमा राखेर सेवा अस्थायी रूपमा बन्द गरिएको जनाएको हो। सेवा बन्द हुँदा बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
सेवा बन्द रहेको अवधिमा राष्ट्र बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जालमार्फत जानकारी लिन आग्रह गरिएको छ।
राष्ट्र बैंकले PHP मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक (पीएसओ), भुक्तानी सेवा प्रदायक (पीएसपी) र विप्रेषण कम्पनीहरूलाई पनि आग्रह गरेको छ।
त्यस्तै, सर्भरमा प्रयोग भइरहेका प्रणालीलाई थप सुरक्षित बनाउन र नियमित सुरक्षा निगरानी बढाउन सम्बन्धित संस्थाहरूको ध्यानाकर्षण गराइएको छ।
राष्ट्र बैंकले २०८३ कात्तिक ६ गते जारी गरेको सूचनामार्फत सम्भावित सुरक्षा जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो।