

काठमाडौं । नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले बडादशैं तथा तिहारलाई लक्षित गर्दै स्मार्ट घरायसी उपकरणमा विशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। सिजीको वार्षिक अभियान ‘Experience Life with CG’ अन्तर्गत सार्वजनिक गरिएको ‘भरोसा नेपालीको, उत्सव दशैं–तिहारको’ योजनामा ग्राहकले सिजी तथा सिजी मेरिडियाका स्मार्ट घरायसी उपकरण खरिद गरी आकर्षक उपहार जित्न सक्नेछन्।
योजनाअन्तर्गत ग्राहकले बम्पर लक्की ड्रमार्फत भियतनाम वा मेघौली सेराई भ्रमण जित्ने अवसर पाउनेछन्। त्यस्तै, प्रत्येक १५ दिनमा हुने लक्की ड्रबाट भाग्यशाली ग्राहकले पाँचवटा घरायसी उपकरणको बन्डल जित्न सक्नेछन्।
सिजीका स्मार्ट घरायसी उपकरण खरिद गरेपछि ग्राहकले उपलब्ध क्युआर कोड स्क्यान गरी लक्की ड्रका लागि दर्ता गर्न सक्नेछन्। योजनामा सहभागी हुने प्रक्रिया सरल र सहज बनाइएको कम्पनीले जनाएको छ।
सिजीका अनुसार ‘Experience Life with CG’ अभियानले नेपाली उपभोक्ताको जीवनशैलीलाई सहज र सुविधाजनक बनाउने आधुनिक प्रविधि तथा उत्पादनलाई प्राथमिकता दिँदै आएको छ।
यसै अभियानअन्तर्गतको प्रिमियम सिग्नेचर सिरिज ‘सिजी मेरिडिया’ ले अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनको संयोजनमार्फत घरको सौन्दर्यसँगै उच्चस्तरीय कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आएको कम्पनीको दाबी छ।
सिजी इलेक्ट्रोनिक्सले चार दशकभन्दा लामो समयदेखि नेपाली उपभोक्ताको विश्वास जित्दै आएको जनाएको छ। सिजीका उत्पादनहरू देशभरका २२ वटा अत्याधुनिक सिजी डिजिटल स्टोर, ६ वटा एलजी ब्रान्ड शप तथा आधिकारिक बिक्री केन्द्रबाट खरिद गर्न सकिनेछ। साथै, ग्राहकले www.cgdigital.com.np र www.cginspiringlife.com मार्फत पनि उत्पादन तथा सेवाबारे जानकारी लिन सक्नेछन्।
ग्राहकलाई बिक्रीपछिको सेवा अझ छिटो, सहज र सुविधाजनक बनाउन कम्पनीले ‘CG Cares’ एपसमेत सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार ‘CG Cares’ एप तथा देशभर रहेका ४० वटा सेवा केन्द्रमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराइँदै आएको छ।
कम्पनीका अनुसार भदौ २६ गतेदेखि लागू भएको यो चाडपर्व योजना सीमित अवधिका लागि देशभर सञ्चालन हुनेछ। योजनासम्बन्धी थप जानकारी तथा सेवाका लागि ग्राहकले सिजी केयरको टोल फ्री नम्बर १६६-००-१०२-२११ वा १६६-००-१००-२११ मा सम्पर्क गर्न सक्नेछन्। त्यसैगरी, थप सहज सेवाका लागि ‘CG Cares’ एप प्लेस्टोर वा एपस्टोरबाट डाउनलोड गर्न सकिने कम्पनीले जनाएको छ।