

काठमाडौँ । नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम मेरिडिया सिरिज अन्तर्गत ४ वटा नयाँ मोडलका अत्याधुनिक रेफ्रिजरेटरहरू बजारमा सार्वजनिक गरेको छ।
नयाँ सार्वजनिक भएका मोडलहरूमा CGMS220DLRI, CGMS220DLBI, CGMS220LRI र CGMS220LBI रहेका छन्, जसको ग्रस क्षमता २०० लिटर र नेट क्षमता १९० लिटर रहेको छ। घरको भान्सालाई थप आकर्षक बनाउन यी फ्रिजहरू लिफी वाइन र लिफी ब्लु जस्ता उत्कृष्ट रङ तथा डिजाइनमा उपलब्ध गराइएका छन्।
नयाँ सिजी मेरिडिया फ्रिजका प्रमुख विशेषताहरू:
सिजी ब्रान्डको मूल नारा “Experience Life with CG” ले सधैँ ग्राहकहरूको जीवनस्तर उकास्ने र भान्साका दैनिक कार्यहरूलाई सहज बनाउने कुरामा जोड दिन्छ। यसै नारालाई आत्मसात गर्दै, आधुनिक प्रविधि, ग्राहकको व्यावहारिक आवश्यकता (जस्तै: ड्राइ बास्केट), उत्कृष्ट डिजाइन र बिजुली बचत गर्ने क्षमतासहित यी नयाँ फ्रिजहरू बजारमा ल्याइएको हो। यसले हरेक नेपाली परिवारलाई स्मार्ट र झन्झटमुक्त जीवनशैलीको नयाँ अनुभव प्रदान गर्नेछ।
सिजी मेरिडिया सिजी ब्रान्डको प्रिमियम सिग्नेचर सिरिज हो। अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन र विलासीपनको अनुपम संयोजनबाट यस सिरिजका उपकरणहरू तयार पारिन्छन्। आधुनिक जीवनशैलीलाई अझै परिष्कृत र सुविधायुक्त बनाउने उद्देश्यले डिजाइन गरिएको सिजी मेरिडियाले घर र भान्साको शोभा बढाउनुका साथै ग्राहकहरूलाई उच्च स्तरको कार्यक्षमता र प्रिमियम अनुभव प्रदान गर्दै आइरहेको छ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवामार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ। सिजी ब्रान्डका यी नयाँ ‘मेरिडिया सिरिज’ फ्रिजहरू देशभर रहेका २१ वटा अत्याधुनिक सिजी डिजिटलका शोरुमहरू, कम्पनीका आधिकारिक वेबसाइट www.cgdigital.com.np, www.cginspiringlife.com तथा सिजी ब्रान्डका उत्पादन पाइने नेपालका जुनसुकै आधिकारिक बिक्री केन्द्रहरूबाट सहजै खरिद गर्न सकिने र ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ ।