चुनावमा चुपचाप घन्टीमा छाप, अहिले चुपचाप कुम्लो बोक टाप: हर्क साम्पाङ

चुनावमा चुपचाप घन्टीमा छाप, अहिले चुपचाप कुम्लो बोक टाप: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले सुकुम्बासी बस्ती हटाउने काम व्यक्तिगत ‘इगो’का आधारमा अघि बढाएको आरोप लगाएका छन् ।

भिडिओ सन्देशमार्फत उनले काठमाडौं महानगरको मेयर हुँदा बस्ती हटाउन नसकेको विषयलाई अहिले प्रधानमन्त्री भएपछि अघि बढाइएको दाबी गरे । उनले सुकुम्बासी बस्तीलाई फोहोरसरह व्यवहार गरिएको टिप्पणीसमेत गरेका छन् ।

साम्पाङले सरकारको कदमका कारण सुकुम्बासीहरू विस्थापित हुनुपर्ने अवस्था आएको उल्लेख गर्दै देशभर यस्तै अभियान विस्तार हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् ।

उनले गरिब र भूमिहीन नागरिकको अवस्था संवेदनशील रहेको भन्दै उनीहरूको पुनर्स्थापना र व्यवस्थापनमा पर्याप्त ध्यान नदिइएको आरोप लगाए ।

साथै, सुकुम्बासी बस्ती हटाउन सुरक्षा निकाय प्रयोग गरिएको भन्दै उनले यसप्रति असन्तुष्टि जनाएका छन् ।