

काठमाडाैं । गोकुल बाँस्कोटाले आसन्न निर्वाचन हुने विषयमै शंका व्यक्त गरेका छन्। एमालेका नेता बाँस्कोटाले शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक स्टाटसमा बाहिर चुनावी प्रचार तीव्र देखिए पनि भित्रभित्रै ‘साटाकसुटुक’ बढिरहेको टिप्पणी गरेका हुन्।
उनले केही नेताका अभिव्यक्तिले घोषणापत्रको संकेत दिँदा अरूका वक्तव्यले बहिष्कारपत्रको छनक दिने अवस्था रहेको उल्लेख गरे।
‘चुनाव त खै के ? खै के ? हुन्छ कि के हो ? बाहिर प्रचार जोडतोड छ, भित्र साटाकसुटुक बढ्दो छ,’ उनले लेखेका छन्, ‘कसैका घोषणापत्र त कसैका बहिष्कारपत्रका छनक दिने वक्तव्य। जाली कुरा नगरी भन– डुङ्गा तार्ने आफैँ हौ वा अरू ? थप पानी नधमिल्याऊ।’
बाँस्कोटाको यो टिप्पणीले राजनीतिक वृत्तमा चुनावको सुनिश्चितता र दलहरूबीचको आन्तरिक समझदारीबारे बहस थप चर्किने संकेत देखिएको छ।