

काठमाडौं । एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच सम्झौता भएको छ । बैंकका ग्राहकहरूलाई अस्पतालका सेवामा १५ प्रतिशत छुट र अस्पतालका शेयर होल्डर तथा कर्मचारीहरूलाई क्रेडिट कार्डमा सुविधा दिने सम्झौता भएको हो ।
समझदारी पत्रमा बैंकको तर्फबाट सर्कल हेड–काठमाडौं नर्थ सुदिन कुमार लामाज्यू र हस्पिटलका तर्फबाट निर्देशक श्री डा. पेम्बा लामाज्यूले हस्ताक्षर गरे ।
यस समझदारीसँगै बैंकका ग्राहक महानुभावहरूले उक्त हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ भने स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा अन्य शेयर होल्डरहरूले यस बैंकको क्रेडिट कार्डमा उपलब्ध सेवाहरू प्राप्त गर्नेछन् ।
साथै, ग्राहक महानुभावहरूको थप सेवा सुविधाको लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमा यस बैंकको एटिएम सेवा सञ्चालन गर्ने समझदारी पत्रमा उल्लेख छ ।
ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरताको प्रयास स्वरूप बैंकले स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थासँग गरेको यो सहकार्यबाट बैंकका ग्राहक महानुभावहरू तथा स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थामा आबद्ध कर्मचारी तथा शेयर होल्डर महानुभावहरूलाई सेवा सुविधामा थप सहज र सुलभ हुने बैंकले विश्वास लिएको छ ।