

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विराजभक्त श्रेष्ठ भारी मतान्तरसहित निर्वाचित भएका छन्।
श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरे।
यसैगरी नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले २ हजार ८३५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवीन शाहीले १ हजार ९०९ मत प्राप्त गरेका छन्। नेकपा एमालेका राजेश शाक्यले १ हजार ३२८ मत ल्याएका छन्।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यस क्षेत्रबाट श्रेष्ठ नै विजयी भएका थिए।