सिटिजन्स बैंकको डिजिटल रेमिट सेवा

सिटिजन्स बैंकको डिजिटल रेमिट सेवा

काठमाडाैं । सिटिजन्स बैंकको ‘सिटिजन्स रेमिट’ मार्फत २४ सै घण्टा ३६५ दिन नै पैसा पाउन सकिने भएको छ । सिटिजन्स रेमिट मार्फत विश्वका जुनसुकै राष्ट्रहरुबाट पठाएको रेमिट्यान्स तुरुन्तै प्राप्त गर्न सकिने भएको हो ।

आफू जुन देशमा रहे पनि त्यहाँबाट डिजिटली पैसा पठाउन सकिने र नेपालमा आफन्तले पनि डिजिटली मोबाइलबाटै २४ सै घण्ट रेमिट्यान्स पाउन सकिने छ । यस बैंकले आफ्ना ग्राहक र बाहिर रहेका दुवैलाई डिजिटल माध्यमबाट सेवा दिनको लागि नै यस बैंकले मोबाइल बैंकिङ र वालेटबाट सेवा दिइरहेकाे छ ।

ग्राहकको रोजाईमा सिटिजन्स बैंक पर्नको कारण बैंकले दिने विश्वासिलो र चुस्त सेवा हो । यस बैंकले खाडी मुलुकहरु लगायत युरोपका विभिन्न देश, मलेशिया, अष्ट्रेलिया र अमेरिकाबाट सेवा दिइरहेको छ ।

सिटिजन्स बैंकको रेमिट सेवा प्रत्येक दिन सञ्चालनमा रहेको छ । यसका बैंकका ग्राहक अथवा जोसुकैले रेमिट मार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सक्छन् । यस बैंकको सिटिजन्स मोबाइल बैंक एपबाट रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिन्छ । यसका लागि बैंकको मोबाइल एपमा ‘सेन्ड मनि’ मार्फत ‘सिटिजन्स रेमिट’ भित्र जानुपर्ने हुन्छ । सिटिजन्स रेमिटभित्र पैसा पठाउँदा प्रदान गरिएको ‘पिन नम्बर’ र पठाएको रकम राख्दा सबै विवरणहरु देखाउँछ । त्यसपछि आवश्यक विवरणहरु भर्नासाथ ग्राहकको सिटिजन्स बैंकको खातामा रकम प्राप्त हुन्छ ।

विदेशबाट पठाएको रकम जुनसुकै ग्राहकले सजिलैसँगै सिटिजन्स बैंकका विभिन्न २०० शाखा, बैंकका २० हजार भन्दा बढी एजेन्टबाट पाउन सकिनुका साथै मोबाइल बैंकिङ एप र विभिन्न वालेटबाट पनि पाउन सकिन्छ ।

प्रविधिमुखी र ग्राहकमैत्री यो सेवाअनलाइनमा आधारित प्रणालीमार्फत बैंकका सबै शाखा, शाखारहित बैंकिङ सेवा र एजेण्ट नेटवर्कहरूमार्फत उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । ‘सिटिजन्स रेमिट नेपालकै प्रतिष्ठित रेमिट्यान्स ब्रान्डमध्ये एक हो, जसले सबैभन्दा छिटो र सुरक्षित विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ,’ बैंकका रेमिट्यान्स विभाग प्रमुख विष्णुमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सिटिजन्स रेमिटले हाल नेपालका सातवटै प्रदेश र ७७ वटै जिल्लालाई समेट्ने गरी २० हजार भन्दा बढी भुक्तानी एजेण्ट नेटवर्कमार्फत सेवा उपलब्ध गराउँदै आएको छ । रेमिट्यान्स सेवाको प्रभावकारी व्यवस्थापनका लागि बैंकले छुट्टै रेमिट्यान्स विभाग स्थापना गरेको र दक्ष टोलीद्वारा ग्राहकहरूलाई छिटो, विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको श्रेष्ठको भनाइ छ ।

सिटिजन्स रेमिटलाई थप प्रभावकारी र सबैको पहुँचमा पुर्‍याउनका लागि नेपालभरका कुनै पनि बैंक खातामा तुरुन्त रकम जम्मा हुने सुविधा, सबै प्रदेश र जिल्लामा नगद भुक्तानी नेटवर्क स्थापना, मोबाइल बैंकिङ एप्स र डिजिटल वालेटमार्फत सजिलै रकम प्राप्त गर्ने सुविधा, एपीआई कनेक्टिभिटीसहितको वेबमा आधारित प्रविधि, लाभग्राहीलाई प्रत्यक्ष फोनमार्फत सहयोग गर्ने सुविधा र डिजिटल रूपमा सुरक्षित विप्रेषण सेवालगायत सुविधाहरू उपलब्ध गराउँदै आएको श्रेष्ठले जानकारी दिए ।

यस्तै, सिटिजन्स बैंकले नेपाली श्रमिकहरूको मेहनतको आम्दानीलाई सुरक्षित तरिकाले नेपाल ल्याउन विश्वस्तरका प्रतिष्ठित रेमिट्यान्स कम्पनीहरूसँग सहकार्यसमेत गरेको छ । उक्त कार्यले ‘सिटिजन्स रेमिट’ मार्फत ग्राहकहरूले छिटो, सुरक्षित र भरपर्दो सेवा अनुभव गर्दै आएको बैंकको दाबी छ । आगामी दिनमा अझै आधुनिक र डिजिटल प्रविधि थप्दै सेवा विस्तार गरिने प्रतिवद्धता बैंकको छ ।

नेपालमा सञ्चालनमा रहेका मोबाइल वालेटहरुबाट पनि सिटिजन्स रेमिटमार्फत पठाएको रकम प्राप्त गर्न सकिन्छ । त्यसमा लागि मोबाइल वालेटमा रेमिट्यान्स मित्र ‘सिटिजन्स रेमिट’ लाई छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि पैसा पठाउँदा उपलब्ध गराएको पिन नम्बर र भर्नासाथ पठाएको रकम देखिन्छ । र आवश्यक विवरण भरेर उक्त रकमलाई वालेटमा लोड गर्न सकिन्छ ।

ग्राहकको एकाउन्ट डिपोजिट कारोबार २४ सै घण्टा सातै दिन स्वचालित रुपमा एकाउन्ट क्रेडिट गरिन्छ । सिटिजन बैंकबाट रेमिट्यान्स प्राप्त गर्दा बैंकले प्रदान गर्ने विभिन्न डिजिटल सेवादेखि अन्य सेवाहरु पनि पाउन सकिन्छ। यस बैंकमा खाता खोलेपछि रेमिट्यान्स खातामा उच्च ब्याचदर, थप एकप्रतिशत ब्याज प्राप्त गर्न सकिने छ । साथै, रेमिट्यान्स खाता डिम्याट खाता लगायत विभिन्न बैंकिङ सेवा पनि उपभाेग गर्न सकिन्छ ।