२०२५ मा नेपालीको टिकटक खोज ट्रेन्ड: सेलिब्रेटीदेखि चाडपर्व र रेसिपीसम्म
काठमाडौं । भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ ले सन् २०२५ मा नेपालबाट सबैभन्दा धेरै खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीले टिकटक अब केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालीहरूका लागि दैनिक जीवनसँग जोडिएको उपयोगी खोज प्लेटफर्म बन्दै गएको संकेत गर्छ। टिकटकका अनुसार नेपाली...
