नेवार समुदायले क्वाँटी खाने पर्व गुँपुन्ही मनाउँदै
-लक्ष्मी गारु- भक्तपुर, १० भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज हर्षोल्लासका साथ नेवार समुदायले गुँपुन्ही पर्व धुमधामका साथ मनाउँदैछ । नेपाल सम्बतमा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात नवौँ महिना हो । गुँलामा पर्ने भएकाले यसको नेवारीमा नाम गुँपुन्ही...
