बाढीको विषम परिस्थितिमा इन्धनको मूल्य नबढाउने आयल निगमको निर्णय
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। भोटेकोशी नदीमा आएको असाधारण बाढीपछि उत्पन्न विषम परिस्थितिमा नागरिकलाई राहत पुग्ने गरी निगम सञ्चालक समितिले साबिककै खुद्रा बिक्री...
