एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो हस्पिटलमा १५% छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई स्वस्तिक कार्डियो हस्पिटलमा १५% छुट

काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले धनगढी, कैलालीस्थित स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यस सम्बन्धमा बैंक र हस्पिटलबीच विशेष सम्झौता सम्पन्न भएको छ। सम्झौतापछि ग्राहकले उक्त हस्पिटलमा उपचार गरी डिजिटल भुक्तानी गर्दा छुट सुविधा उपयोग गर्न सक्नेछन्।

बैंकका अनुसार छुट सुविधा निम्न सेवामा लागू हुनेछः

General Bed-Hospital Admit

Cabin-Hospital Admit

ICU Bed, Ventilator

General Surgery, Orthopedic

Gynecology, Laparoscopic Operation

Pathology Test, Video X-ray, X-ray, ECG, ECHO, T.M.T., Endoscopy

Medicine सेवा

यस सुविधा लिन ग्राहकले बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ, वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकले यो सहकार्यले ग्राहकलाई उपचारमा प्रत्यक्ष लाभ दिलाउने र मुलुकमा डिजिटल भुक्तानी प्रवद्र्धन तथा नगदरहित कारोबारलाई बल पुर्‍याउने विश्वास व्यक्त गरेको छ।