आयो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मबृतान्त ‘न्याय’

आयो पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मबृतान्त ‘न्याय’

काठमाडौँ, ६ असोज । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ नामक पुस्तक बजारमा आएको छ । ‘न्याय’ शिर्षकको उक्त आत्मबृतान्तको लेखक शुसिला कार्की, उनका श्रीमान दुर्गा सुबेदी, शिक्षाविद डा. केदारभक्त माथेमा, चिकित्सा अभियन्ता डा.गोबिन्द केसी, र वरिष्ठ अभिवक्ता शुरेन्द्र भण्डारीले सार्वजनिक रुपमा लोकापर्ण गर्नुभएकाे हाे ।

 

लोकार्पण गरिएको सो पुस्तकको मूल्य रु ९०० रहेको छ । पुस्तकमा कार्कीले आफू कलेजमा अध्ययनदेखि भारतको बनारसमा प्राप्त अनुभव तथा न्याय क्षेत्रमा प्रवेश गर्दादेखि न्यायाधीश नियुक्तिमा देखिएको चलखेल, भ्रष्टाचार, न्यायिक संस्थालाई कमजोर बनाउने प्रयास तथा समाजमा नैतिकवान पात्रको खडेरीजस्ता विषयलाई सरल भाषामा प्रस्तुत गरिएको छ ।

सो अवसरमा कार्कीले न्यायपालिका स्वतन्त्र भए मात्र लोकतन्त्र फस्टाउन सक्ने बताउँदै न्यायालयमा वकालत गर्दा कमीकमजोरी तथा सुधारको कुरा पुस्तकमा उतार्ने काम गरेको बताउनुभयो । उहाँले कसैको चित्त दुखाउने मनसायले आफूले आत्मकथा नलेखेको स्पष्ट पार्दै न्यायालयमा स्वतन्त्र तथा निर्भिक न्यायाधीशको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो ।

शिक्षाविद् केदारभक्त माथेमाले पूर्वप्रन्या कार्की इमान्दार, निष्ठावान तथा निडर महिला न्यायमूर्ति भएको टिप्पणी गर्नुभयो । न्यायाधीश कार्कीका पति दुर्गा सुवेदीले सुशीला कार्कीको न्याय क्षेत्रमा महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।