मनसुन सक्रिय : देशभर बदली, लुम्बिनी र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

मनसुन सक्रिय : देशभर बदली, लुम्बिनी र सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानको उत्तरतर्फ सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर अधिकांश स्थानमा आकाश बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थान तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।

आज रातिसमेत अधिकांश स्थानमा बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।