

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर आगलागी भएको हो। आगलागीमा परेर एक महिलाको ज्यान गएको बताइएको छ भने मृतकको पहिचान खुल्न बाँकी रहेको छ। प्रवक्ता बोहराले भने, “ग्यास लिक हुँदा आगलागी भएको छ। मृतकको शव फेला परेको छ तर सनाखत हुन बाँकी छ। आगो नियन्त्रण प्रयास जारी छ।”
श्रेष्ठको घरसँगै रहेको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो सल्किएको छ। घटनास्थलमा दमकलसहित सुरक्षाकर्मीहरू परिचालन गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ।