भूगोलको २६औँ रचना वाचन सम्पन्न

भूगोलको २६औँ रचना वाचन सम्पन्न

काठमाडौं : भूगोल साहित्य समाजले रचना वाचन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम २०८२ वैशाख २२ गते राष्ट्रिय वाणिज्य बैंकको सभा हल दरबारमार्गमा सम्पन्न भएको हो ।
पद्यलय र गद्य लयका कविता, गजल, मुक्तक, गीत, छेस्का कविता आदि वाचन गरिएको कार्यक्रममा रचना वाचन गर्नेमा कविहरूमा बमबहादुर थापा ‘जिताली’, जनार्दन पौडेल, मुकुन्द पौडेल, बासुदेव ठकुरी, लब खड्का, धरणीधर गुरागाई, मित्रलाल पंज्ञानी, महेशराज खरेल, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, दीपक लोहनी, निम बहादुर वली, धन्वन्तरी मिश्र ‘कात्यायन’, टेकबहादुर लौडारी, महेश प्रसाद रिजाल, मुकुन्द अर्याल, शैलेन्द्रकुमार शाह, चेवन वस्नेत ‘ठूलाघरे’, हरिश्चन्द्र गौतमलगायत थिए ।

डा.बमबहादुर थापा जिताली प्रमुख अतिथि रहे सो कार्यक्रममा मानार्थ सदस्य श्री उद्धव खनाल विशिष्ट अतिथिका रूपमा रहेका थिए । समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्रकुमार शाहले गरेका थिए । २०७६ सालमा स्थापित तथा विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको भूगोल साहित्य समाजको यो छब्बीसौँ रचना वाचन शृङ्खला हो ।