

काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाहले सबै नेपालीले एक अर्काको विचारको सम्मान गर्नुपर्ने बताएका छन्।
बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै उनले मानिसहरूलाई विचार अभिव्यक्तिको स्वतन्त्रता हुनुपर्ने उल्लेख गर्दै दयालुता र सहयोगको भावना फैलाउन आग्रह गरेका हुन्।
हृदयेन्द्रले लेखेका छन्, “कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ। हामी सबैले आफ्ना विचार खुल्ला रूपमा व्यक्त गर्ने अधिकार छ, र सबै एक अर्काको विचारको सम्मान गर्नुपर्छ।”
उनले थप लेखेका छन्, “दयालुता फैलाऔँ। नेपालीहरूले एक अर्कालाई सहयोग गर्नुपर्छ, न कि तल झार्न।”
उनको यो अभिव्यक्ति पछिल्लो समय सामाजिक र राजनीतिक विषयमा विभिन्न दृष्टिकोणहरू सार्वजनिक भइरहँदा आएको हो।