

काठमाडौं । देशका अधिकांश भागमा आज मौसम मुख्यतः सफा रहे पनि पहाडी भू–भागमा आंशिक बदली देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव सक्रिय रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको विभागले जनाएको छ।
तीनै प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका अन्य केही स्थानहरूमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।
यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपातसमेत हुन सक्ने विभागको अनुमान छ।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।
विभागले सम्भावित मेघगर्जन, चट्याङ र वर्षाबाट सतर्क रहन आग्रह गरेको छ।