

बैङ्कक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककस्थित सरकारी भवनमा थाइ समकक्षी पे थोङ्थान् शिनावातले औपचारिक रूपमा स्वागत गरेकी छन्। स्वागत समारोहका क्रममा प्रधानमन्त्री ओलीले गार्ड अफ अनर निरीक्षण गरेका थिए।
यस अवसरमा प्रधानमन्त्री ओली र शिनावातबीच द्विपक्षीय भेटवार्ता समेत सम्पन्न भएको छ।
प्रधानमन्त्री ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेक (बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन मंगलबार बैंकक पुगेका थिए।
थाइ समकक्षी शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओलीले गरेको यो भ्रमण नेपालका प्रधानमन्त्रीबाट थाइल्याण्डको पहिलो औपचारिक भ्रमण भएको हो।





