

काठमाडौं – दासत्व र ‘ट्रान्सएटलान्टिक’ दास व्यापारपीडितहरूको सम्मानमा अन्तर्राष्ट्रिय स्मृति दिवस आज मनाइँदैछ।
सन् १८०७ मा संयुक्त अधिराज्यले दास व्यापार उन्मूलन ऐन पारित गरेको सम्झनामा संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो।
विशेष गरी अफ्रिकी मुलुकहरूबाट श्रमिकको रूपमा ल्याइएका मानिसहरूलाई विकसित राष्ट्रहरूले दासका रूपमा काममा लगाएका थिए। त्यसकै अन्त्यका लागि पारित ऐनको सम्झना गर्दै श्रमिकहरूको सम्मानमा यो दिवस मनाइन्छ।
उक्त ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेचबिखन, स्थानान्तरण, प्रयोग तथा खरिद बिक्रीलाई पूर्ण रूपमा निषेध गरेको छ। दिवसले संसारभरिका श्रमिकलाई सम्मानजनक पारिश्रमिकसहित काममा लगाउनुपर्ने सन्देश दिन्छ।
न्युयोर्कस्थित राष्ट्रसंघीय प्रधान कार्यालयमा विशेष कार्यक्रम आयोजना हुँदैछ, जसमा नोबेल पुरस्कार विजेता ओल सोइन्काले प्रवचन दिनेछन्।