

कवि -भक्त राज देव-
बाटोको यो दुर्दशा हेरी जो कोही भए सडक छाप
गन्तव्य खोज्दै पुगे छु म अर्को मार्गमा आफै आप
यस्तो किन भौं सोचे सम्झे देशलाई सतीको श्राप
सडकको दुर्दशा हेरी……..
सडक सबैका साँझा हुन् सफा राख्नु गर्दैआलाप
तर कसैले सुनेन् उल्टै तेरो भलो हुँदैन् दियो संताप
म चिन्तित भए किन यहाँ यस्तो लगाउँछन् आरोप
सडकको दुर्दशा हेरी……..
नेपालको सरकार कहाँ छौ,पीडा भयो तिम्रो पाप
भ्रष्टाचार शुन्यमा झार्ने भन्छौ गर्छौ सधैं यो जाप
जनसंग अन्याय अत्याचार नगर हुन्छ अब सखाप
सडकको दुर्दशा हेरी………