काठमाडौँ । काठमाडौँको थापाथली चोकनजिकै मेलम्ची खानेपानीको पाइप फुटेको छ। थापाथली चोकबाट नर्भिक हस्पिटलतर्फ जाने सडकमा आज मंगलबार पाइप फुटेको हो।
पाइप फुटेर पानी जम्मा भएपछि अहिले सडक अवरुद्ध भएको छ। पाइप फुटेपछि ठूलो बेगमा पानी बाहिर निस्किँदा सडक भत्किएको छ । सडक पेटीमा पनि क्षति पुगेको छ। आसपासका पसलभित्र पानी पसेको छ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा थापाथली चोकबाट नर्भिक इन्टरनेशनल अस्पताल आउने सडकमा पाइपको लाइन फुटेको भिडियाेहरु भाइरल भइरहेका छन् ।थापाथलीमा के कारणले पाइप लाइन फुटेको हो भन्ने पत्ता लागिसकेको छैन ।
यसअघि माघ ३० गते दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोलीले ड्रिल गर्ने क्रममा बबरमहलमा खानेपानीमो पाइप फुटेको थियो।