

काठमाडौं। नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि ‘लागूऔषधविरुद्धको महाअभियान’ सञ्चालन गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रममार्फत गृहमन्त्री रमेश लेखक ले अभियानको औपचारिक उद्घाटन गरे।
अभियानको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाललाई लागूऔषधमुक्त राष्ट्र बनाउन ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको बताए। उनले स्थानीय तहको प्रभावकारी संलग्नता बिना अभियान सफल नहुने उल्लेख गर्दै, यो अभियान वडा तहसम्म विस्तार गर्नुपर्ने बताए।
‘यस महाअभियानमा स्थानीय तहलाई समावेश गर्न जरुरी छ। लागूऔषध नियन्त्रण अभियानलाई वडा-वार्डामा पुर्याउन सके मात्र प्रभावकारी हुन्छ।’ – गृहमन्त्री लेखकले भने।
उनले सुरुवातमा एकैपटक देशभर अभियान सञ्चालन गर्न कठिन हुने भएकाले, केही स्थानीय तहलाई लागूऔषधमुक्त क्षेत्र घोषणा गर्दै क्रमशः अभियान अघि बढाउनु उपयुक्त हुने धारणा राखे।
‘शुरुआती चरणमा दुई–तीनवटा पालिकालाई लागूऔषधमुक्त पालिका बनाउने लक्ष्य राखौं। त्यसका लागि पालिकाका विद्यालय, क्याम्पस, युवा क्लब, राजनीतिक दल, भ्रातृ संस्था, विद्यार्थी संगठन लगायत सबै पक्षको सहकार्य जरुरी छ। यदि ६ महिनाभित्र एउटा पालिकालाई लागूऔषधमुक्त घोषणा गर्न सकियो भने राष्ट्रव्यापी अभियान सफल हुने बाटो खुल्छ।’ – गृहमन्त्री लेखकले भने।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले लागूऔषध नियन्त्रण कुनै एक निकायको जिम्मेवारी मात्र नभएर समग्र समाजको साझा प्रयास हुनुपर्ने बताए।
‘लागूऔषध नियन्त्रण र रोकथामका लागि प्रहरी मात्र होइन, व्यक्ति, समाज, विभिन्न पेशाकर्मी, राजनीतिक व्यक्तित्व, समाजसेवी, अभिभावक, स्थानीय निकाय लगायत सबैको सहकार्य आवश्यक छ।’ – आईजीपी कुँवरले भने।
उनका अनुसार,
नेपालमा पछिल्ला वर्षहरूमा लागूऔषध दुर्व्यसनले गम्भीर रूप लिँदै गएको छ। विशेष गरी युवा पुस्ता लागूऔषधको प्रभावमा पर्ने क्रम तीव्र रूपमा बढिरहेको छ। यस समस्यालाई नियन्त्रण गर्न सरकारले
गृहमन्त्री लेखकले महाअभियानको सफलताका लागि सबै निकायको समन्वय र जनस्तरबाट व्यापक समर्थन आवश्यक रहेको बताउँदै, ‘यदि समाज नै सचेत बन्यो भने मात्र नेपाल लागूऔषधमुक्त राष्ट्र बन्न सक्छ’ भन्ने धारणा राखे।