सभामुखले बोल्न दिएको समय सांसद सुमना श्रेष्ठले किन गरिन् अस्वीकार ?

सभामुखले बोल्न दिएको समय सांसद सुमना श्रेष्ठले किन गरिन् अस्वीकार ?

काठमाडौं। प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ ले शून्य समयमा बोल्ने अवसर पाए पनि मौन बस्ने निर्णय गरिन्।

श्रेष्ठले शून्य समयमा बोल्नका लागि नाम दर्ता गराएकी थिइन्, जसअनुसार एमाले सांसद सुनिता बरालपछि सभामुख देवराज घिमिरेले उनलाई बोल्न समय दिए। तर, श्रेष्ठले कुनै प्रतिक्रिया जनाइनन्। सभामुख घिमिरेले तीन पटकसम्म उनको नाम लिएर बोल्न आग्रह गरे तर, उनले बेवास्ता गरिन्, जसपछि माओवादी सांसद सुशिला श्रीपाली ठकुरीलाई बोल्ने अवसर दिइयो।

यसअघि सोमबारको बैठकमा श्रेष्ठले आकस्मिक समयमा बोल्ने अनुमति मागेकी थिइन्, तर सभामुखले समय नदिएको भन्दै रोष व्यक्त गरेकी थिइन्। भारतको ओडिसास्थित केआईआईटी कलेजमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युबारे कुरा उठाउन खोज्दा आफूलाई समय नदिएको उनको गुनासो थियो। श्रेष्ठको मंगलबारको मौनताले संसदमा नयाँ बहस जन्माएको छ, किनकि उनले आफ्नै मागअनुसार पाएको अवसरलाई अस्वीकार गरिन्।

यो पनि पढ्नुहोस्

-‘सांसद गौतम र श्रेष्ठले संसदीय प्रक्रियाबाहिर गएर दबाब सिर्जना गर्न खोजे’