काठमाडौं । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा बिहानैदेखि हुस्सु र कुहिरो देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ, जसका कारण केही भागमा आंशिक बदलीको सम्भावना छ।
-कोशी प्रदेश: हिमाली तथा पहाडी क्षेत्रमा दिउँसो र राति आंशिक बदली रहनेछ भने तराईमा मौसम सफा रहनेछ।
-मधेश प्रदेश: दिनभर तराई क्षेत्रमा मौसम सफा रहने अनुमान।
-बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश: अधिकांश स्थानमा मौसम सफा रहनेछ, तर हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुन सक्ने सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टासम्म देशका विभिन्न तराई क्षेत्र र उपत्यकामा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने चेतावनी दिएको छ। आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।