

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गरेका छन् । काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपाका समर्थकले हातपात गरेका हुन् ।
बुधवार रवि लामिछानेमाथिको मुद्दामा बहस सकिएपछि बाहिर निस्कने क्रममा उनीहरूले त्रिपाठीमाथि हात पात भएको हो । त्रिपाठीले स्वर्णलक्ष्मी सहकारी पीडितका तर्फबाट रविविरुद्ध बहस गरेका थिए