काठमाडौँ । काठमाडौँको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबिखोलामा एउटा कार खसेको छ । बिहान ६ बजे भएको यो दुर्घटनामा चालक भने सकुशल रहेका छन् । बा एए ८७१४ नम्बरको कार दुर्घटनामा परेको हो । कार खोलामा खसेर उत्तानो परे पनि चालक भने सकुशल रहेको र कुनै पनि मानविय क्षति नभएको काठमाडौं प्रहरीले जनाएको छ । सडकमा गाडि चलाईरहदा पुल भनेर झुक्किदा खोलामा खस्न पुगेको चालकले बताएका छन् । सडकमा बार नहुँदा झुक्किएर बारम्बार यस्ता दुर्घटना हुने गरेको स्थानियले बताएका छन् ।