

काठमाडाैं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । सबै पोशाकको सम्मानः ‘नेपाली टोपीःहाम्रो पहिचान’ भन्ने नाराका साथ युवा अभियान नेपालले बुधबार काठमाडाैंको बसन्तपुरमा राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाएको हो ।
पछिल्लो समय युवा पुस्तामा राष्ट्रिय पोशाक दाउरा सुरुवाल र टोपी लगाउने मोह बढ्दै गएको युवा अभियान नेपालले जनाएको छ । राष्ट्रिय पोशाक र टोपीले नेपालको मौलिकता झल्काउँने भएकाले अन्य दिन नलगाएपनि पनि,जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवसका अवसरमा लगाउन युवा अभियान नेपालले आवहन समेत गरेको छ । नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७१ देखि राष्ट्रिय पोशाक एवम् टोपी दिवस मनाउन सुरु गरिएको हो ।