हेलिकप्टरमा चरा ठोकिएपछि काभ्रेमा आकस्मिक अवतरण

हेलिकप्टरमा चरा ठोकिएपछि काभ्रेमा आकस्मिक अवतरण

काभ्रे । लुक्लाबाट काठमाडौंका लागि उडेको हेलि एभरेष्ट हेलिकप्टरमा चरा ठोकिएपछि काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउदै गरेको हेली एभरेस्टको ९ एन–एकेजी हेलिकोप्टरमा चरा ठोकिएपछि बनेपा नगरपालीका–१० डाँडाबारीमा आकस्मिक अवतरण गरिएको हो । चरा ठोकिएपछि हेलिकोप्टरको अगाडीको सिसाको केहि भाग फुटेको छ । आकस्मिक अवतरणपछि यात्रुहरुलाई सडकमार्ग हुदै काठमाडौं ल्याइएको थियो ।