

-भक्तराज देव-
जहाँ छन् यस्तो राष्ट्र नेपाल विचित्रको पृथ्वीमा
जहाँ छन् मनमोहक हावापानी,वातानुकूलितमा
जहाँ छन् उच्च हिमालय सगरमाथाको काँखमा
जहाँ छन् मानचित्र भित्र, चाखलाग्दो चित्रहरूमा
जहाँ छन् यस्तो देश…………
जहाँ छन् पशुपतिनाथ काठमाडौंको आँगनमा
जहाँ छन् शान्तिका अग्रदूत,बुद्धको आँखामा
जहाँ छन् सीता जनकपुर नगरी,मधेश प्रदेशमा
जहाँ छन् मनुको बास देह त्यागने मुक्तिनाथमा
जहाँ छन् यस्तो देश…………
जहाँ छन् दुई राष्ट्र बीच भारत,चीनको सीमामा
जहांँ छन् चार जात छत्तीस वर्णको फूलवारीमा
जहाँ छन् शेर,गैंडा,हाथी र अर्ना तराईका वनमा
जहाँ छन् डाँफे,मुनाल र जुरेली पहाड़ी डाँडामा
जहाँ छन् यस्तो देश…………