रोबोटबाट सेवा दिन सुरु गर्‍यो नेपाल टेलिकमले (भिडियाे)

रोबोटबाट सेवा दिन सुरु गर्‍यो नेपाल टेलिकमले (भिडियाे)

काठमाडौं । नेपाल टेलिकमले रोबोटका माध्यमबाट सेवा दिन सुरु गरेको छ । टेलिकमको सुन्धारास्थित कार्यालयबाट रोबोटका माध्यमबाट सेवा दिन सुरु गरिएको हो । सेवाकेन्द्र पुग्ने ग्राहकहरुलाई रोबोटले नै टेलिकमसम्बन्धी जिज्ञाशा र प्रश्नको जवाफ दिने नेपाल टेलिकमले जनाएको छ ।

कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीका अनुसार रोबोटले नेपाली र अङ्ग्रेजी भाषामा ग्राहकको समस्या समाधान गर्न मद्दत गर्नेछ । आगामी दिनमा गुणस्तरलाई थप बलियो बनाउदै आफ्ना कार्यालयहरुलाई प्रविधिमैत्री बनाउदै लैजाने टेलिकमले जनाएको छ ।

भिडियाे