जितासिंह बुढाको पहिलो कृति ‘हामी कसरी जिउछौं’ सार्वजनिक

जितासिंह बुढाको पहिलो कृति ‘हामी कसरी जिउछौं’ सार्वजनिक

काठमाडौँ । लेखक जितासिंह बुढा मगर (जितेन्द्र) द्धारा लिखित पुस्तक ‘हामी असरी जिउछाैँ’ सार्वजनिक गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय कृषी उद्यमी महासंघका महासचिव तथा युवा उद्यमी र समाजसेवी समेत रहेका लेखक बुढा मगरले पत्रकार सम्मेलन गरेर आफ्नो पहिलो कृति सार्वजनिक गरेका हुन ।
बिमोचन कार्यक्रम नेपाल मगरसंघ केन्दीय समितिका संरक्षक सदस्य तथा अधिवक्ता गौबहादुर आलेमगरको सभापतित्व र प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लोक बार्ता बालसाहित्य विभाग प्रमुख नर्वदेश्वरी सत्यालले सयुक्त रुपमा बिमोचन गरेका थिए ।
कार्यक्रममा आफ्नो कृतिको बारेमा बोल्दै लेखक बुढा मगरले ‘नेपाली समाज तथा जीवनमा केही गर्न चाहनेहरुका लागि एक उत्प्रेरक जीवन उपयोगी पुस्तक रहेको र त्यस पुस्तकमा निराशामा रहेका ब्यक्तिहरुलाई आफुनो कर्ममा सपना, सङ्कल्प, निरन्तर लगाव, माया तथा अवसरको रुपमा लिएर पहिचानलाई कसरी अगाडी बढाउने भन्नेबारे सन्देशहरुमा आफ्नो कृतिमा समेटेको बताएका छन् ।
यो पुस्तकले नेपाली समाजमा रहेका ब्यक्तिहरुलाई एक सकरात्मक सोचको मार्ग चित्रित रहने कुरामा जोड दिएको छ ।
नेपाली समाज बैदेशिक रोजगारको बोटोमा लाग्नु भन्दा स्वदेशमै युवा प्रयोगबाट धेरै कुरा गर्न सकिने जानकारी उनले यो पुस्तकबाट दिन खोजेका छन् ।
हामीले जिवनमा केहि गर्नको लागि आफ्नो लगाव र मेहनतको महत्वपुर्ण भुमिका रहने र काम गर्नमा लाज नमान्ने प्रबृतिको बिकास गर्न सजिलो पर्ने कुरा बताएका छन् ।
बिमोचन कार्यक्रमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा लोक बार्ता र बालसाहित्य विभाग प्रमुख नर्वदेश्वरी सत्यालले देशलाई चिनाउन बिकासको बाटोमा बिमोचित पुस्तकको बिशेष भुमिका रहने बताएकी छन ।
उनले नेपाल प्रज्ञा प्रतिस्ठानले पनि नेपाली भाषा र साहित्यलाई सम्मानको दृष्टिले हेर्ने भएकाले बिमोचित पुस्तकले समाजमा गहिरो छाप राख्ने कुरा बताएकी हुन् ।
कार्यक्रममा बोल्दै नेपाली झण्डा प्रर्दशन प्रर्वदक रहेका लक्ष्मी नारायण कंसाकारले देशको झण्डा मुनि बसेरै आफ्नो ज्ञान, दक्षता र सिपको सदुपयोग गर्न उनले यो पुस्तकबाट दरिलो ज्ञान प्राप्त हुने विश्वास दिलाएका छन् ।
मेहनत र परिश्रमको प्रयोग गर्न आ–आफ्नो क्षेत्रबाट सबैले सहयोग आवश्यक रहेको बताउदै बुढा मगरद्धारा लेखित कृतिको बारेमा प्रकाश पार्दै समाजमा रहेका बिसंगति र सम्भावनाहरुलाई नियालेर जुनसुकै कर्ममा अगाढि बढाउँनका लागि यो पुस्तक बरदान साबित रहने कुरा बताएका छन् ।
कार्यक्रमका सभापति गौबहादुर मगरले लेखकको निकैै मेहनत र लगावबाट पुस्तक प्रकाशित गरेकोमा लेखकलाई बधाई दिएका छन् ।
उनले अघि थपे,‘मानिष कसरी जिउँछ ? र राष्ट्रलाई कसरी चिनाउने भनेर जानकारी गराउनका लागि यो पुस्तक एक चोटि सबैले अध्यन गर्नै पर्ने छ ।’