

काठमाडौं । वाइ वाइ चाउचाउका प्रमुख कार्यकारी निर्देशक प्रदीप पुडासैनीले वाइवाइको गुणस्तरबारे सरकारले जतिबेला पनि अनुगमन, नियमन गर्ने र त्यो प्रक्रिया सधैँ चलिरहेको भन्दै गलत प्रचार स्वीकार्य नहुने बताएका छन् ।
उनले तथ्यहीन र भ्रामक कुरा लेख्ने तथा भिडिओ बनाएर सामाजिक सञ्जालमा हाल्नेहरुविरुद्ध कानूनी कारबाहीमा जाने चेतावनी समेत दिए । वाइ वाइ चाउचाउको गुणस्तरबारे भ्रामक र तथ्यहीन कुराहरू सामाजिक सञ्जालमा पोष्ट गर्नेहरुविरुद्ध साइबर ब्युरोलगायत निकायमार्फत कानूनी कारबाहीमा जाने पुडासैनीले बताएका हुन् ।
पुडासैनीले वक्तव्यमा भनेका छन्,’वाइ वाइ चाउचाउको गुणस्तरका विषयमा आधारहीन,भ्रामक र तथ्यहीन कुराहरू लेख्ने,बोल्ने र भिडियो बनाएर पोष्ट गर्ने कार्य पूर्णतया गैरकानूनी कार्य हो । यस्तो काम गर्नेहरुविरुद्ध प्रचलित कानून बमोजिम कारबाही गरिने जानकारी गराइन्छ ।’