

काठमाडौं । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । बैठक स्थगित हुनुको कारण भने खुलाइएको छैन । स्थगित भएको बैठकको नयाँ मिति चैत १८ गतेलाई तोकिएको छ । परिषद्का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित गरेका हुन् ।
परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । त्यस्तै, सर्वोच्च अदालतका प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषद्को सिफारिसमा संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरू राष्ट्रपतिबाट नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।