काठमाडौं । सरकारले चूडामणि पौडेललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार रिक्त राजपत्रांकित विशिष्ठ श्रेणीको सचिव पदमा पौडेललाई बढुवा गरिएको हो ।
यस्तै पर्यटन मन्त्रालयको प्रस्तावमा बैठकले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुरा भएको अवसरमा कोरियाली ७ जना र ३ जना नेपाली गरी १० जना पर्वतारोहीलाई सिन्धुपाल्चोकमा अवस्थित जुगल १ र जुगल २ हिमाल आरोहण गर्दा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ।