मदन पुरस्कारका लागि छानिए आठ पुस्तक

मदन पुरस्कारका लागि छानिए आठ पुस्तक

मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि आठ पुस्तक छनोट गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले विज्ञप्तिमार्फत पुरस्कारका लागि पुस्तक छनोट गर्न गठित समितिको सिफारिसमा आठ पुस्तकको नाम छनोट गरिएको जानकारी दिए ।

समितिले आफूलाई प्राप्त २५३ पुस्तकमध्ये आठ पुस्तक छनोट गरेको हो । गुठीले गत वर्षदेखि छनोटमा परेका पुस्तकको सूची दिन थालेको हो । छनोटमा परेकामा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’को ‘हिमाली दर्शन’ छन् । ती पुस्तकबाट नै एक पुस्तकलाई सर्वश्रेष्ठ घोषणा गरी २०७४ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

२०७४ सालको मदन पुरस्कारको लागि २५३ पुस्तकहरूबाट ‘श्रेष्ठ आठ’ सिफारिस भएको गुठीका अध्यक्ष कुन्द दिक्षितले ट्वीट मार्फत जानकारी दिएका छन् ।
यी हुन् उत्कृष्ट ८ मा पर्न सफल पुस्तकहरुः
कैरन: ध्रुवसत्य परियार
नथिया: सरस्वती प्रतीक्षा
पाठशाला: तीर्थ गुरूङ
भुइयाँ: यज्ञश
यार: नयनराज पाण्डे
योगमाया: नीलम कार्की निहारिका
लिम्बुनी गाउँ: राज माङलाक
हिमाली दर्शन: मोहन वैद्य ‘किरण’