काठमाडौँ । रुसी सेनामा भर्ती भएर ज्यान गुमाउने नेपालीको संख्या २० पुगेको छ। आज बिहीबार परराष्ट्रमन्त्रालयले थप ७ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेसँगै अहिलेसम्म मृत्यु हुने नेपालीको संख्या २० पुगेको हो। नेपालीहरूले रुसी सेनामा भर्ती भएर युक्रेनीसेनासँग युद्धमा होमिँदा ज्यान गुमाउने गरेका छन्। सरकारले रुसी सेनामा भर्ती हुनका लागि नजान आग्रह गरिरहँदा पनि धेरै कमाइ हुने आसमा अझै पनि नेपाली युवाहरू रुस जानेक्रम रोकिएको छैन।
यी हुन् ज्यान गुमाउने २० नेपाली
स्याङ्जाका हरिप्रसाद अर्याल
कैलालीका भरतबहादुर शाह
धादिङका राजकुमार गिरी
गोरखाका सन्दीप थपलिया
कपिलवस्तुका रुपक कार्की
कास्कीका दिवान राई
स्याङ्जाका प्रितम कार्की
दोलखाका राजकुमार रोका
इलामको गंगाराज मोक्तान
कुन्दन सिंह नागल
प्युठानका सोनु सुनार
कपिलवस्तुका रुपक कार्की
लमजुङका साजन गुरुङ
रसुवाका सुन्दर मोक्तान
धादिङका पूर्णबहादुर गुरुङ
जाजरकोटका नवीन शाही
उदयपुरका पदमबहादुर घिमिरे
झापाका गंगाराम अधिकारी
बागलुङका जीतबहादुर विक
बाँकेका सञ्जय केसी