सामाखुसी साहित्य समाजको १०८ औँ शृङ्खला सम्पन्न

सामाखुसी साहित्य समाजको १०८ औँ शृङ्खला सम्पन्न

सामाखुसी साहित्य समाजको १०८ औँ शृङ्खला समाजका अध्यक्ष भाग्यशाली अधिकारीको अध्यक्षतामा र डा. बमबहादुर थापा जितालीको प्रमुख आतिथ्यतामा लिन्कन कलेज सामाखुसीको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ । चन्द्रयुग महाकाव्यका स्रष्टा चन्द्रप्रसाद न्यौपाने विशेष अतिथि तथा गोविन्द घिमिरे वेदमणी, गार्गी शर्मा, जगदिश्वर पोख्रेलअतिथी रहनु भएको उक्त कार्यक्रममा हरिप्रसाद घिमिरेद्वारा लिखित यात्रा महाकाव्यको विमोचन समेत गरियो । उक्त महाकाव्य माथि चन्द्रप्रसाद न्यौपानेले टिप्पणी गर्नुभएको थियो ।
माधव प्रसाद घिमिरे अटलको स्वागत भाषण र दिनेश विक्रम थापाको कुशल सन्चालनबाट सुरु भएको कार्यक्रममा सूर्यकुमार पण्डित, सूर्यवदना पण्डित, डा. मेघराज ढकाल, तुलसीराम पोख्रेल, रामचन्द्र दाहाल, घनश्याम प्रसाईँ ,दुर्गा अधिकारी भमरकोटे, टेकबहादुर लौडारी, रामचन्द्र न्यौपाने वनवासी, शारदा पराजुली ,मेनका पोख्रेल, उर्मिला पन्त पाण्डे ,वासुदेव ठकुरी, विजयराज न्यौपाने, शिवप्रसाद आचार्य, उत्तम भेट्वाल ,कृष्ण घिमिरे ,वीर बहादुर लोहनी ,गङ्गा आचार्य, अगन्धर अधिकारी, रीता देवकोटा ,सीता देवकोटा ,रामजी घिमिरे , कृष्ण घिमिरे लगायत ३२ जना स्रष्टा ले रचनावाचन गर्नुभएको थियो। वाचित कविता माथि परशुराम पराजुली परासरले टिप्पणी गर्नुभएको थियो। उक्त कार्यक्रममा ७० जनाको आकर्षक सहभागिता रहेको थियो।
सो अवसरमा समाजका अध्यक्ष भाग्यशाली अधिकारी र चन्द्रप्रसाद न्यौपाने पूर्वीय दर्शन अनुसार महाकाव्य हुनलाई चाहिने नियमको व्याख्या गर्नुका साथै हरिप्रसाद घिमिरेद्वारा लिखित यात्रा महाकाव्यको विषयमा बोल्नुभएको थियो ।