घाेषणा पत्र सार्वजनिक गर्दै देउवाले भने लाेकतन्त्रकाे रक्षाकालागि कांग्रेसलाई जिताउनुस्

घाेषणा पत्र सार्वजनिक गर्दै देउवाले भने लाेकतन्त्रकाे रक्षाकालागि कांग्रेसलाई जिताउनुस्

काठमाडाैँ, १४ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आए रुन पनि नपाइने बताएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै देउवाले वाम गठबन्धनको विरोध गरे ।

देउवाले भने, ‘कम्युनिष्ट शासन आयो भने रुन पनि पाइन्न, बाबा ।’ उनले नेपालमा कम्युनिष्ट सरकार ल्याउनलाई वाम गठबन्धन भएको उल्लेख गर्दै वाम गठबन्धनको जित भए सर्वसत्तावाद लाद्नेतर्फ उनीहरु केन्द्रीत भएको बताए ।

देउवाले वाम गठबन्धनको जित भए नेपालमा मानव अधिकार नहुने र मलुकमा प्रजातन्त्र नरहने बताए । ‘लोकतन्त्र बलियो हुदैँन’, देउवाले भने, ‘लोकतन्त्रको रक्षा र मानव अधिकार प्राप्तिका लागि कांग्रेसलाई विजयी गराउनुहोस्।’

उनले मुलुक अहिले अप्ठेरो अवस्थामा पुगेको र प्रजातन्त्र र समृद्धिका लागि कांग्रेस आवश्यक रहेको बताए ।

‘डर त्रासबाट मुक्त समाज हामीले बनाएका थियौँ’, देउवाले भने, ‘कम्युनिष्ट मिलेपछि हामीले बनाएको समाज भत्किन्छ । हामीले अधिकार कहाँ पाइन्छ ।’

उनले संविधान कार्यान्वयनको ऐतिहासिक जिम्म्वारी पनि कांग्रेसलाई आएको बताए ।

अाैपचारीक घाेषणा पत्र समाराेहमा बरीष्ठ नेता रामचन्द्र पाैडेल, महामन्त्री शशांक काेइराला लगायतकाे उपस्थिति रहेकाे थियाे ।