नेपाली लेखक सङ्घको अन्तर्राष्ट्रिय उपाध्यक्षमा कवि कृसु क्षेत्री

नेपाली लेखक सङ्घको अन्तर्राष्ट्रिय उपाध्यक्षमा कवि कृसु क्षेत्री

काठमाडौं ।नेपाली लेखक संघको आज बसेको केन्द्रीय समितिको बैठकले उक्त संघको अन्तरराष्ट्रिय उपाध्यक्षमा चर्चित कवि कृसु क्षेत्रीलाई मनोनयन गरेको छ ।

वि. सं. २००७ सालमा वी पी कोइराला, रिद्दिबहादुर मल्ल, गोविन्दबहादुर मल्ल गोठाले आदिको सक्रियतामा स्थापित लोकतान्त्रिक साहित्यकारहरूको संस्था नेपाली लेखक संघको सातौं अधिवेशन गत चैत १८ र १९ मा श्रवण मुकारुंगको अध्यक्षतामा पोखरामा सम्पन्न भएको थियो । सोही अधिवेशनले वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय समिति चयन गरेको थियो ।

झापामा जन्मेका कवि कृसु क्षेत्री कविताका अतिरिक्त गीत गजल मुक्तक र सम्पादन गर्दछन् भने विलयन लेखनको प्रवर्तक पनि हुन् । कवि क्षेत्रीको चराको गीत अत्यन्त लोकप्रिय कविता संग्रह हो ।कूटनैतिक जिम्मेवारी र साहित्यिक गतिविधिको सिलसिलामा लगभग तीन दर्जन मुलुक भ्रमण गरेका कृसु क्षेत्रीको यो मनोनयनले नेपाली लेखक संघलाई प्रवासमा विस्तार गर्ने अपेक्षा पूरा हुनेछ भन्ने संघले विश्वास लिएको छ ।

सोही बैठकले सचिवमा शशि थापा पण्डित, सदस्यमा विमला तुम्खेबा, मनोज न्यौपाने, गीता रेग्मी, हेम प्रभाष र इन्द्र कुमार विकल्पलाई समेत थप मनोनयन गरेको थियो ।