बोल्न छोरा !!!

बोल्न छोरा !!!

-डल्ली शाह (धर्मिन्दा )

जिउदै जलाए रे
तिम्रा साथी
हल्ला सुनेको
पल्ला घरमा
हो र छोरा ?

सुन्न छोरा,
डिउटिमा खटिदा
बन्दुक दिदैनन र बा ?
साथीको सिरमा
भाला रोपीदा
साञ्चै, टुलुटुलु हेरेर
किन बसिस् त बा ?
होईन भने
तिम्रा हाकिमले
बन्दुक दिएर
गोली दिएन्न कि
सबै दिएर
चलाऊने अनुमती दिएन्न कि ।
हैन भने
जिउदै,आगोले जल्दै गर्दा
आत्म रक्षाको लागि
बन्दुक किन
पड्काइनस त बा ?

छोरा,
अवस्था हेरेर
अश्रु ग्यास हान्न
मिल्छ भन्थे त
भिड अनियन्त्रीत हुदा
नियन्त्रण गर्न
फायर गर्न मिल्छ
भन्ने पनि सुनेको
त्यो दिन केही बोकेनौ र बा ?
कि त
त्यो तिम्रो हातको बन्दुक
देखाउनलाई मात्र हो ?
होईन भने
फायर किन
खोले नौ त बा ?

सुन्दै छु,
हिजो जिउदै जलाउने
आज उन्मुक्ती पाउदै छन रे ?
ए छोरा , भनन
ति सबै निर्दोष हुन त बा ?
घाईते हुन र
जिउदै जल्नुमा पिडा फरक छ
२\४ वटा
गोली खेर जान्थे होला
२/३ घाईते हुन्थे होला
फायर गर्दा
के जान्थ्यो र बा ?
हो भलै राजनीतिजमा
यो सब तोडमोड हुन्छ ,
सिंहदरबारलाई मन नपरे
२४ घण्टामा
हेड्क्बाटर तान्थे होला
बढुवामा, ब्ल्याक हान्थे होला
तर छोरा,साथीको
ज्यान त जोगिन्थ्यो नि बा ?

साञ्चै, ए छोरा भन्न ,
दुधे नातीको
दोष के थियो ?
छोरा, त्यो दिन सगै थिईस् नि
भएको के हो ? भनि सोध्दा,
किन बोल्दैन्स् त बा ?
कि कानुनले
सत्य नबोल भन्छ ।
होईन भने
किन मुख खोल्दैन्स् त बा ?
फोनमा, ए छोरा
मलाई भेट्न आइजा भन्दा
सुरक्षा दिन खटिएको छु भन्थिस् त ।
साथी जिउदै जलाउदा
त के हेर्दै बसिस् त बा ?

ए छोरा ,साच्चै
तँ त राष्ट्र सेवक हुँ
भन्थिस होईन र बा ?
संगै उभिएको साथी
जिउदै जल्दै गर्दा
बचाउको लागि
केही गर्न सकिनस् भने
भन न छोरा तैले
राष्ट्रको सेवा
गर्न सक्लास त बा ?