गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण आजबाट सुरु हुँदै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण आजबाट सुरु हुँदै

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण अर्थात् क्यालिब्रेशन उडान आजबाट सुरु हुँदैछ । यान्त्रिक परीक्षणका लागि थाइल्याण्डबाट एरो थाईको उडान हिजो काठमाडौँ आइपुगेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिन अर्थात् जेठ २ गतेलाई तोकेको छ । परिक्षण उडान सफल भएपछि मात्रै व्यवसायीक उडान सुरु गर्ने तयारी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

प्राधिकरणले क्यालिब्रेसन फ्लाइटका क्रममा बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म भैरहवा विमानस्थलको उडान पूर्णरुपमा ठप्प हुने जनाएको छ । कम उचाइमा जताततै उडेर विमानस्थलमा जडित यन्त्रको परीक्षण गर्नुपर्ने भएकाले जहाजको उडान रोक्नुपरेको प्राधिकरणले जनाएको हो । फागुन १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट हुने छ भने त्यसपछिको रिपोर्टका आधारमा परीक्षण उडान गरी नियमित उडानका सुरु हुने प्राधिकरणको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि अन्तर्राष्ट्रिय उडान भर्ने गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुनेछ ।