दलहरूले सच्चाए समानुपातीककाे सूची, काे परे-काे बाहिरिए ?

दलहरूले सच्चाए समानुपातीककाे सूची, काे परे-काे बाहिरिए ?

काठमाडौं– प्रदेशसभा र प्रतिनीधिसभाको चुनावका लागि असोज २९ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची बुझाएका राजनीतिक दलहरुले सूचीलाई अन्तिम रुप दिएका छन् ।

निर्वाचन आयोगले दलहरुलाई यस्तो सूचीमा केही सच्चाउने भए कार्तिक १२ गते अर्थात आजसम्मको मिति दिएको थियो । त्यसै अनुसार दलहरुले नाम सच्चाएका हुन् ।

समानुपातिकको प्रारम्भिक नामलाई लिएर दलहरुभित्र असन्तुष्टि बढेपछि दलहरु सूची सच्चाउन बाध्य भएका हुन् । यद्यपी सूचीमा राम्रालाई भन्दा पनि आफ्नालाई दिएको भन्दै हरेकजसो दलभित्र असन्तुष्टि देखिएको छ ।

निर्वाचन आयोगले दलहरुलाई आइतबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्मका लागि दलहरुलाई सूचीमा संशोधन गर्न समय दिइएको थियो । यसअघि दलले बुझाएको सूचीमा केही कुरा नमिलेका भए आयोगले सबै कुरा मिलाएर ल्याउन भनेपछि दलहरूले सोहीअनुसार छुटेका कुरा मिलाएर सूची बुझाएका थिए ।

दलहरुले आज बुझाएको सूचीमा कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा सोमबारसम्म निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

आयोगले कात्तिक १७ गते समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गर्नेछ। सूचीमा रहेकामध्यसँग कसैको दाबी विरोध भएमा तीन दिन भित्र आयोगमा जानकारी गराउन सकिन्छ ।

दाबी विरोधको छानबिन सकेर मंसिर ३ गते आयोगले समानुतिकतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका छ ।