अपूर्ण जिन्दगी

अपूर्ण जिन्दगी

-डल्ली शाह (धर्मिन्द्रा)

मलाई म हुनलाई पनि
अरु चाहीन्छ
जसरी कोट चिटिकक बनाउन
सियो ,धागो ,कैची
र सिलाउने मास्टर चाहीन्छ
हो मलाई म हुन अरु चाहीन्छ
किनकी जसरी रोग संच्चो हुन
पैसा मात्र भएर हुदैन
डाक्टर ,नर्स र औषधि चाहीन्छ ,
गन्तव्य को महत्व बुझ्न
खुट्टा तान्ने चाहीन्छ
कामको महत्व बुझ्न
कुरा काट्ने चाहिन्छ
मायाको महत्व बुझ्न
घृणा गर्ने चाहीन्छ
त्यसैले त म एक्लै हुदा
आफैलाई बिर्सिन्छु
पूर्ण हुन अरुकोही चाहीन्छ

झुक्किदा कतै चौबाटोमा
सहि बाटो दिखाई दिने चाहिन्छ
राम्रो गर्दा प्रसंसा गर्ने चाहिन्छ
बिराउदा बाटो थर्काउने चाहीन्छ
एक्लै उभिने आट गर्नलाई
लडाउन खोज्ने चाहीन्छ
शाहसी भएर हिड्नलाई
कठिनाई तिर धकेल्नेहरु चाहीन्छ
हो मलाई मेरो लक्ष्यमा पुग्न
यस्तै यस्तै कोहनी न कोही चाहीन्छ ।
तर मलाई पूर्ण म हुन
अब्यक्त माया गर्ने तिमी चाहिन्छ ।