सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

सभापति देउवाले महाधिवेशन तयारी समितिका संयोजकसँग छलफल गर्दै

काठमाडौँ, २० मङ्सिर।प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज साँझ उहाँको उपस्थितिमा समितिका संयोजकहरुसँग महाधिवेशन तयारीका सम्बन्धमा बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।