ज्याग्दीखोला वृहत साहित्य सम्मेलन सम्पन्न

ज्याग्दीखोला वृहत साहित्य सम्मेलन सम्पन्न

-एम अर्याल

स्यांगजा।स्यांगजाको ज्याग्दीखोला (कालीगण्डकीको सहायक नदी ) को किनारमा अवस्थित चिन्नेवासमा दुई दिवशीय वृहत साहित्य सम्मेलन सम्पन्न भएको छ ।

ज्याग्दीखोला साहित्य प्रतिष्ठानको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.जगत उपाध्याय प्रेक्षितको प्रमुख आतिथ्यमा ज्याग्दीखोला साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र लम्सालको सभापतित्वमा सम्पन्न उक्त सम्मेलनमा स्वदेशका सातै प्रदेशबाट.११२..जना र भारतको , दिल्ली ,सिलिगुढि ,दार्जिलिंगबाट ४..जना सहित कुल ११६ जना प्रतिष्ठित साहित्यकारहरुको सहभागिता थियो । साहित्यकारहरु प्रा.डा.जगदिशचन्द्र भण्डारी,डा कृष्णराज अधिकारी ,रुद्र ज्ञवाली, हेमनाथ अधिकारी ,अच्युत अधिकारी,हरि प्रसाद जोशीको विशेष आतिथ्य रहेको उक्त सम्मेलनमा प्रा.डा. जगदिशचन्द्र भण्डारीले गणतन्त्र प्राप्ति पछिका कवितावारे कार्यपत्र र प्रा.डा.यदुनन्दन उपाध्यायले गण्डकी प्रदेशका कविताको इतिहास प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा प्रतिष्ठानद्वारा प्रदान गरिने विश्वराधा नेत्र पुरष्कार वरिष्ठ साहित्यकार दिल साहनीलाई र ज्याग्दीखोला साहित्य सम्मान चितवनका इश्वरी ओझालाई प्रदान गरिएको थियो । स्थानीय जनप्रिय मा.वि.को प्रांगणमा सम्पन्न उक्त सम्मेलनले देवेन्द्र लम्सालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । ज्याग्दीखोलाको तरंगका सम्पादक नारायण प्रसाद मरासिनीको संचालनमा सम्पन्न उक्त सम्मेलनमा स्थानीय गोपाल लम्साल ,उषा राना ,गोविन्द केसि,युवराज कोईराला , शुभद्रा लम्साल,मिनुइन्द्र लम्साल , दीपेन्द्र न्यौपाने र तारादेवी अर्यालले अतिथि व्यवस्थापनको जिम्मेवारी सम्हाल्नुभएको थियो ।