भूगोल’को साधारणसभा सम्पन्न

भूगोल’को साधारणसभा सम्पन्न

काठमाडौं, २ मंसिर।‘भूगोल साहित्य समाज’ले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । समाजले आर्थिक तथा सांगठनिक प्रतिवेदन एवम् चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्दै मंसिर २ गते साधारणसभा सम्पन्न गरेको हो ।

सुशील श्रेष्ठ प्रमुख अतिथी, उद्धव खनाल विशिष्ट अतिथी तथा दिनेश न्यौपाने अतिथी रहनुभएको कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष विनोद नेपालले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले समाजका गतिविधिको प्रशंसा गर्दै आर्थिक रुपले सबल संस्था मात्र दीर्घायु हुने भन्दै सदस्य संख्या बढाउन र सोका लागि वर्तमान परिस्थितिमा प्रत्यक्ष भेट हुन कठिन भएपनि प्रविधिको माध्यमबाट सदस्यता प्रदान गर्नु उचित हुने सुझाव दिनुभयो । समारोहमा बोल्दै समाजका अध्यक्ष नेपालले समाजलाई साहित्यिक तथा बौद्धिक मञ्चको रुपमा स्थापित गरिने बताउनुभयो ।

कार्यक्रममा कविहरु बुद्धिराज पाण्डे, ओम आचार्य, जनार्दन पौडेल, हरिश्चन्द्र गौतम, एलपी पराजुली, महेश रिजाल र शैलेन्द्र कुमार शाहलगायतले कविता, गजल, छेस्का, मुक्तकलगायत रचना वाचन गर्नु भएको थियो । सोही कार्यक्रममा समाजले प्रमुख अतिथी श्रेष्ठ तथा विशिष्ट अतिथी खनाललाई समाजको मानार्थ सदस्यता प्रदान गरेको थियो ।
भूगोल साहित्य संमाजको गठन राष्ट्रिय वाणिज्य वैंकवाट निवृत्त साहित्यमा क्रियाशील व्यक्तित्वहरुद्वारा साहित्यिक सृजनाको अभियानलाई निरन्तरता दिदै भाषा र साहित्यको उन्नयनका लागि अघि वढ्ने र निवृत्त जीवनलाई सक्रिय राख्ने उद्देश्यले गरिएको हो ।

२०७६ असोज ६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौमा दर्ता भएको समाजले हालसम्म १३ वटा साहित्यिक कार्यक्रमहरुको आयोजना गरेको छ भने दुईवटा पुस्तक प्रकाशित गरेको छ । माजको दरबारमार्ग,काठमाडौ स्थित कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रमका सहभागीहरुलाई उपाध्यक्ष दिनेश विक्रम थापाले स्वागत गर्नुभएको थियो कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्रकुमार शाहले गर्नुभएको थियो ।
२०७८ मंसिर २ गते ।