बालकोट वार्ता सहमति नजिक, मंगलबार स्थायी कमिटी बैठक बस्ने

बालकोट वार्ता सहमति नजिक, मंगलबार स्थायी कमिटी बैठक बस्ने

काठमाडौँ, ७ भदौ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाललाई साथ नदिएका तेस्रो धारका नेताहरू सहमति नजिक पुगेका छन् ।

अध्यक्ष ओलीको निवासमा आज भएको छलफलमा यसअघि कार्यदलले तयार पारेको १० बुँदे सहमति कार्यान्वयनका लागि भोलि मंगलबार नै २०७५ जेठ २ को अवस्थाको एमालेको स्थायी समिति बैठक बोलाएर अघि बढ्ने सहमति भएको छ ।नेकपा एमालेले भोलि स्थायी कमिटीको बैठक बोलाएको छ । यो बैठकमा माधवकुमार नेपाल समूहसँग रहेका, तर उनको पार्टीमा नगएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सहमतिअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई दिइएको छ, जुन भोलि स्थायी कमिटीमा पेश हुनेछ ।

एमाले नेता माधव नेपाललाई साथ नदिएका तेस्रो धारका नेताहरु ओलीसँग निर्णायक वार्ता गर्ने भन्दै उनको निवास बालकोट पुगेका थिए।