‘हल्लैहल्लाको देश’ सार्वजनिक

‘हल्लैहल्लाको देश’ सार्वजनिक

काठमाडाैं । कवितासङग्रह ‘हल्लैहल्लाको देश’ लोकार्पण गरिएको छ । भूगोल साहित्य समाजद्वारा प्रकाशित विनोद नेपालको सो कृति भर्चुअल माध्यमद्वारा साउन २६ गते सार्वजनिक भएको हो ।कृति सार्वजनिक गर्दै साहित्यकार किशोर पहाडीले नेपाली साहित्यमा लेखन र प्रकाशनको अवस्थाका बारेमा प्रकाश पार्दै कृतिकार प्रति शुभेच्छा व्यक्त गर्नुभएको गर्नुभएको थियो भने साहित्यकारहरु वियोगी बुढाथोकी, धनराज गिरीले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कृतिकार विनोद नेपालले कार्यक्रममा सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्दै कृतिमा समसामयिक विषयका ३२ कविता समावेश गरिएको बताउनुभयो ।
सार्वजनिक कृतिको आवरण कलाकार रमेश पौडेलले तयार गर्नुभएको हो ।

साहित्यका विभिन्न विधामा कलम चलाउने विनोद नेपालले ४०को दशकदेखि साहित्य सिर्जना गर्र्दै आउनुभएको छ । यसअघि उहाँका ‘देश र विदेश’ नियात्रासङ्ग्रह तथा ‘गोदान’ लघुकथासङग्रह प्रकाशित भैसकेका छन् ।

‘हल्लैहल्लाको देश’मा सङग्रहित कवितााहरुले सामाजिक विसंगतिहरु तथा समसामयिक घटनाक्रम जस्ता विषयलाई बोकेका छन् । कार्यक्रममा कृति भित्रको कविता वाचन गरिएको थियो ।

स्मरणीय छ, यो भूगोल साहित्य समाजले प्रकाशित गरेको दोस्रो कृति हो । समाजले गत वर्ष विनोद नेपालकै लघुकथासङ्ग्रह ‘गोदान’ प्रकाशित गरेको थियो । दुई वर्ष अघि स्थापना भएको समाजले साहित्यिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । कृतिकार नेपाल समाजका अध्यक्ष हुनुहुन्छ् ।

समाजका उपाध्यक्ष दिनेशविक्रम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहभागीहरुलाई कोषाध्यक्ष हरिश्चन्द्र गौतमले गर्नुभएको थियो । ओम आचार्यले शुभकामना व्यक्त गर्नुभएको सो कार्यक्रम सञ्चालन समाजका सचिव शैलेन्द्रकुमार शाहले गर्नुभएकोे थियो ।