चीनले साइबर आक्रमण गरेको अमेरिका र बेलायतको आरोप

चीनले साइबर आक्रमण गरेको अमेरिका र बेलायतको आरोप

एजेन्सी । अमेरिका, बेलायत र यूरोपीय संघले चीनमाथि साइबर आक्रमणको आरोप लगाएका छन् । माइक्रोसफ्ट एक्सचेन्ज सर्वरमाथि गरिएको साइबर आक्रमणका कारण विश्वभरका ३० हजार सर्वर प्रभावित भएको थियो ।

बेलायत, अमेरिका र यूरोपीय संघले चीनको मिनिस्ट्री अफ स्टेट सिक्योरिटीमाथि व्यापक जासूसी गतिविधि गरेको आरोप लगाएका छन् । आफूमाथि लगाइएको आरोपलाई भने चीनले अस्विकार गर्दै आएको छ ।